नेकपा एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोह– LIVE

नेकपा एमालेको महाधिवेशन उद्घाटन समारोह शुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट दिउँसो १ बजेपछि उद्घाटन हुने समारोहका लागि भक्तपुरको सल्लाघारीमा नेता/कार्यकर्ता भेला भएका छन् । उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ । गेटमा तैनाथ प्रहरीहरूले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश गर्न दिइरहेका छन् । अध्यक्ष ओलीको आगमनअघि सांस्कृतिक कार्यक्रम भइरहेको छ । महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट मानिसहरू गाडी रिजर्भ गरेर आएका छन् । हेर्नुहोस्, लाइभ :