एसीसी कप : श्रीलंकाली बलरसामु निरीह बने नेपाली ब्याट्सम्यान, केवल ८३ रनको झिनो लक्ष्य

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा शनिबार नेपालले श्रीलंकालाई जितका लागि केवल ८३ रनको झिनो लक्ष्य दिएको छ । यू–१९ एसिया कपको यो १२औं संस्करण हो । दुबईस्थित द सेभेन्स स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० मध्ये २८.५ ओभरमै अलआउट हुनुअघि ८२ रनमात्र बनाउन सक्यो । नेपाली टोलीका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । ओपनर साहिल पटेल १२ रन बनाउँदै आउट भए । अर्का ओपन...