भक्तपुरकाे सल्लाघारी चाैरमा नेकपा एमालेको ११औं महाधिवेशन शुरू भएकाे छ । महाधिवेशन स्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भइसक्नुभएकाे छ । महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवम् कार्यकर्ताको भीड लागेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले उद्घाटन सत्रमा देशभरबाट झन्डै तीन लाख सहभागी हुने जानकारी दिनुभयो ।