नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । भक्तपुरको सल्लाघारीमा महाधिवेशन उद्घाटन समारोह सकिएपश्चात भोलि अर्थात् आइतबार बिहान ७:३० बाट बन्दसत्र शुरू हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा हुने बन्दसत्रका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको एमालेले जनाएको छ । पार्टी महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै नेताहरू नेतृत्वमा पुग्ने दौडधूपमा लागेका छन् । यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली विधान संशोधन गरेरै उमेरहद हटाइएका कारण तेस्रोपटक पार्टी अध्यक्ष बन्ने तयारीमा छन् । उनलाई काउन्टर दिँदै वरिष्ठ उपा...