काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण नबनेको भन्दै प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने बताउनुभएको छ । पार्टीको ११औं महाधिवेशनको उद्घाटन समारोहमा उहाँले सरकारले चुनावको वातावरण बनाउनुको सट्टा संविधान र लोकतन्त्रमाथि प्रहार गरेकाे भन्दै अरू दलहरूलाई पनि संसद् पुनर्स्थापनाको पक्षमा उभिन आह्वान गर्नुभयो । अध्यक्ष ओलीले भदौ २३ गते युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा शून्यता सिर्जना गरी अराजकता फैलाउने तयारीसहितको गम्भीर षडयन्त्र भएको बताउनुभयो...