इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

इन्डोनेशियाको सुमात्रा टापुका तीन प्रान्तमा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । बाढी र पहिरोमा परि अझै २ सय १८ जना बेपत्ता रहेका इन्डोनेशियाको विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) लाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एजेन्सीका अनुसार विपत्तिले मानवीय तथा पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ भने उद्धार कार्य अझै चलिरहेको छ । बीएनपीबीको तथ्याङ्क अनुसार झन्डै १ हजार २०० सार्वजनिक सुविधाका साथै २१९ स्वास्थ्य सुविधा, ५८१ शैक्षिक सुविधा, ४३४ मन्दिर, २९० कार्यालय भवन र ...