शनिबार बिहान ८ बजेट मकवानपुरबाट बस चढेका भीमबहादुर बम्जन करिब १२ बजेट भक्तपुर आइपुगे । मकवानपुर गढी गाउँपालिका-७ का बम्जन काठमाडौं उपत्यका आएको करिब ४ घण्टापछि मकवानपुर फर्किए । उनी केवल ३/४ घण्टाका लागि भए पनि एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका थिए । २६ वर्षका बम्जनले घर फर्किनुअघि लोकान्तरसँगको कुराकानीमा महाधिवेशन प्रतिनिधिलाई एउटा सन्देश मात्रै दिन आएको सुनाए । ‘म केवल केही घण्टाका लागि केपी ओलीको नेतृत्व एमालेलाई चाहिन्छ भन्ने सन्देश दिन आएको हुँ’, बम्जनले सुनाए, &l...