‘ह्याट्रिक ब्वाई’ साहब आलम र रोहित पौडेल

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दुई फरक टोलीका दुई जना बलरले ह्याट्रिक विकेट लिएर इतिहास रचेका छन् । काठमाण्डू गोर्खाजका बलर साहब आलम र लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिएका हुन् । काठमाण्डू गोर्खाजका साहब आलमले पोखरा एभेन्जर्सविरुद्धको खेलमा यो कमाल गरेका थिए । उनले अन्तिम ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए । साहब आलमले २०औं ओभरको पहिलो बलमा ५४ रन बनाएर खेलिरहेका ऋषि धवनलाई मिलिन्द कुमारद्वारा क्याच गराएका थिए । त्यसलगत्तै अर्को बलमा उनले विपिन खत्रीलाई वि...