लुम्बिनीका कप्तान पौडेलले जिते कार

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले कार जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै दोस्रो सिजनको च्याम्पियन बनेको लुम्बिनीका कप्तान पौडेलले कार पुरस्कार हात पारेका हुन् ।  उनीसँगै कारको दौडमा सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी पनि थिए । तर सुदूरपश्चिम उपविजेतामा सीमित बन्दा उनी कार प्राप्त गर्नबाट चुके । सुदूरपश्चिम सिजन २ मा पनि उपविजेतामा सीमित बनेको छ ।