काठमाण्डौ – दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलाको तेस्रो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई ७ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । त्यसअघि धर्मशालामा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका १ सय १७ रन बनाएर अलआउट भयो । यो जीतसँगै पाँच खेलको टी–२० शृङ्खलामा भारतले २–१ को अग्रता बनाएको छ । पहिलो खेल भारतले १ सय १ रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५...