काठमाण्डाै – तीन महिनाअघि भएको नवयुवाको आन्दोलन र त्यसले सिर्जना गरेको पीडा, तनाव र निराशाबीच थलिएको देशलाई एनपीएलले एउटै भावनामा बाँध्यो । देश अस्तव्यस्त भएको समयमा नेपाल प्रिमियर लिग (एनपीएल) ले त्यो अव्यवस्थालाई केही समयका लागि ओझेलमा पारिदियो । सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्म फैलिएकाे एनपीएलको उत्साहले धेरैलाई दुःख र पीडाबाट केही क्षण टाढा राख्न सफल भयो । पर्यटन क्षेत्रमा असर परेका बेला ‘नेपाल असुरक्षित छ’ भन्ने धारणा चिर्दै एनपीएलले नेपाल सुरक्षित, शान्त र सक्षम देश हो भन्ने सन्देश विश्वसामु ...