एमालेमा नेतृत्वका लागि उम्मेदवारी दर्ता हुँदै, प्रतिनिधिको नामावलीमा ११ बजेसम्म दाबी विरोध

नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा जारी छ । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र गरेको एमालेले भृकुटीमण्डपमा आइतबारदेखि बन्दसत्र थालेको छ ।  आइतबार नै बन्दसत्रस्थलमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरेको छ । जस अनुसार पदाधिकारी संख्या केही हेरफेर भएको छ । गत भदौमा भएको विधान महाधिवेशनबाट हटाइएका पद फेरि थपिएको छ । महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अघि बढ्दैछ । निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार बिहान साढे १० बजेदेखि दिउँसो साढ...