अस्ट्रेलियाको बोन्डी समुन्द्री तट गोली काण्डमा ज्यान गुमाउनेको सङ्ख्या १५ पुग्यो

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको बोन्डी बिच (समुद्री तट)मा हिजो भएको गोली काण्डमा ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा १५ जना पुगेको छ । घटनामा झन्डै ३० जनाभन्दा धेरै घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेमा १० वर्षीया बालिकादेखि ८७ वर्षसम्मका वृद्ध रहेका बीबीसीले जनाएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले यहूदी समुदायलाई लक्षित गरी आक्रमण गरेको भन्दै निन्दा गर्नुभएको छ । यसलाई अस्ट्रेलियाको प्रहरीले आतङ्कवादी घटना भनेको छ । ज्यान गुमाउनेमा फ्रान्स र इजरायलका नागरिकहरु पनि रहेका छन् । घटनापछि स्थानी...