संघीय सरकारले आर्थिक मितव्ययिताको कारण देखाउँदै पटक-पटक निर्देशन जारी गरे पनि कोशी प्रदेशसभाका सांसदहरूले आफ्ना स्वकीय सचिव हटाएका छैनन् । सांसदका स्वकीय सचिवहरू अहिले पनि जिम्मेवारीमै छन् । सेवा सुविधाको पर्खाइमा छन् । तर, प्रशासनिक नेतृत्वले दुई महिनादेखि उनीहरूको तलब ‘होल्ड’ गरेको छ । संघीय सरकारको दोस्रो पटकको निर्देशनपछि कात्तिक र मंसिर महिनाको तलब भुक्तानी प्रक्रिया रोकिएको हो । विशेषगरी ‘जेनजी’ आन्दोलनको दबाबपछि संघीय सरकारले खर्च कटौतीको नीति अख्तियार गर्द...