सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थालेका छन् । तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पटक पटक सांसद र मन्त्री भएका कतिपय नेताहरूले चुनाव नलड्ने स्वघोषणा गरेका छन् । कांग्रेसका नेता बद्री पाण्डे, रामनाथ अधिकारी, राजन केसीले चुनाव नलड्ने घोषणा गरेका छन् । एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टी पदाधिकारीमा चुनाव ...