गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फागुनमा काठमाडौँमा गर्ने निर्णय गरेको छ। संघको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो। कमिटीको निर्णय अनुसार संघको १२औँ बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सन् २०२६ को फेब्रुअरी २३, २४ र २५ (विसं २०८२ फागुन ११, १२ र १३ गते) आयोजना हुनेछ। संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाद्वारा जारी विज्ञप्तिमा स्टेरिङ कमिटीले आफ्नो कार्यलाई तीव्र गतिमा अघि बढाइरहे...