एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

काठमाण्डौ – नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु छ । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता आज हुनेछ भने भोलि मतदानको कार्यक्रम राखिएको छ । बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुुरी दिने कार्यतालिका छ । आज दिउँसो ३ः१० देखि उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० देखि ५ बजेसम्म उम्मेदवारको न...