व्यावसायिक घराना गोल्यान ग्रुप हाँक्दै कान्छा सदस्य अक्षय
यति ठूलो जिम्मेवारी कसरी बहन गर्नु ? बनिसकेको ब्रान्ड, घरानाको साख, यसलाई अझै उचाइमा कसरी लैजानु ? उनका मनमा अनेक तर्कना आए । र, अन्तिममा अक्षय गोल्यानले आँटिलो मनले निर्णय गरे- म यो गहन जिम्मेवारी काँधमा लिएर अगाडि बढ्छु ।