नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि (मंगलबार) मतदान हुने भएको छ। महाधिवेशनको बन्दसत्र आज बिहान ८ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै उम्मेदवारी दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया सकिनेछन्। आयोगका प्रमुख विजय सुब्बाका अनुसार भोलि मतदान गराउने गरी आयोगले तयारी तीव्र पारेको छ। आयोगले हिजो साँझ प्रकाशन गरेको मतदाता नामावलीमाथि दाबी विरोधका लागि आज बिहान ९ बजेसम्मको समय द...