अष्ट्रेलिया गोलीकाण्ड : कम्तीमा १५ जनाको मृत्यु, ३८ जना घाइते

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ बीचमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।  न्यू साउथ वेल्स प्रहरीले आइतबार भएको घटनालाई आतंकवादी आक्रमणका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । गोलीकाण्ड यहूदी समुदायलाई लक्षित गरी गरिएको प्रहरीले जनाएको छ । यहूदी पर्व हानुक्काको पहिलो दिन मनाउन सयौं मानिस भेला भएको बेला आक्रमण भएको थियो ।  मृतकमध्ये एक जना होलोकस्टबाट बाँचेका वृद्ध रहेको र उनले गोली लाग्दाखेरी आफ्नी श्रीमतीलाई जोगाउने प्रयास गर...