व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार

 परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुन् ।  विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आएका उनबाटै सिकेको सीपबाट कैयौँ युवाहरू माहुरीपालन व्यवसायमा संलग्न भएका छन् । त्यो समयमा १२–१५ जना माहुरीपालक किसान रहेका दाङमा अहिले चार–पाँच सय युवा त्यसैमा भविष्य खोजिरहेको हमाल बताउँछन् ।  दाङद...