काठमाण्डौ – निर्वाचन आयोगले आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावका लागि तय गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको हो । चुनावमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता, निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत समेत...