ईश्वर पोखरेल पक्षबाट महासचिव सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराई

नेकपा एमालेको जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पदाधिकारीका केही उम्मेदवार टुंगो लगाएको छ ।  ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दा यो समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे भिड्ने भएका छन् । यसैगरी उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाइनेछ । बाँकी दुई जनाको भने टुंगो लाग्न बाँकी छ । यसैगरी, एक सचिवमा ठाकुर गैरेलाई उम्मेदवार बनाउने तय भएको छ । सचिवका बाँकी उम्मेदवार टुंग्याउन बाँकी छ । महाधिवेशनबाट ९ जना सचिव निर्वाचित हुनेछन् । ‘यही नाममा अहिलेसम्म सहमति भएको छ । अन्य को कहाँ उठ्न...