दुर्गा प्रसाईंसँग वार्ता गर्न समिति गठनदेखि एमालेका चार नेताद्वारा सक्रिय राजनीति नगर्ने घोषणसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने भएको छ। महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै उम्मेदवारी दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया सकिनेछन्। आयोगका प्रमुख विजय सुब्बाका अनुसार भोलि मतद...