काठमाण्डौ – देशभरका ६ सय ७० पालिकाले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू-उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती पालिकाले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ पालिकाले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २ सय ६१ पालिकाले आधार तथा मापदण्ड नक्सा अद्यावधिक गरी कित्तागत विवरण सम्पन्न गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले १ सय ६० पालिकाले आधार तथा मापदण्ड तयार गरी नक्सा अद्यावधिक गरी कित्तागत विवरण तयार ग...