२९ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले डेपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । अलाभेसको मैदानमा भएको खेलमा रियल २-१ ले विजयी भएको हो । रियलको जितमा किलियन एमबाप्पे र रोड्रिगोले १-१ गोल गरे । अलाभेसका कार्लोस भिसेन्टेले १ गोल गरे । खेलको २४औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । […]