राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैं बनाउँदा मुलुकमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले खोटाङको दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आएकी छन् । स्थानीयले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरीको तेल, राँगाको मासु, रायोको सागलगायत संकलन तथा प्रशोधन गरेर उनले बिक्री गर्दै आएकी छन् ...