ईश्वर समूहबाट चार उम्मेदवार पक्का- गोकर्ण उपाध्यक्ष, सुरेन्द्र महासचिव, योगेश उपमहासचिव

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेलको समूहबाट पदाधिकारीका चार उम्मेदवार टुंग्याइएको छ । सोमबार उम्मेदवारी मनोनयनको समय नजिकिँदै गर्दा नेताहरू आन्तरिक छलफलमा छन् । सोही क्रममा चार पदाधिकारीको उम्मेदवारीमा सहमति जुटेको हो । पोखरेल समूहका एक नेताले दिएको जानकारी अनुसार उपाध्यक्षमा गोकर्ण विष्टलाई उठाइने भएको छ । पाँच उपाध्यक्षमध्ये बाँकी चार जनाका विषयमा छलफल चलिरहेको छ । यसैगरी, महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सार्ने सहमति भएको छ । उपमहासचिवमा योगेश भट्टराईलाई उम्मेदवार बनाइनेछ । बाँक...