नेकपा एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट ७ जना नयाँ उम्मेदवारलाई प्रस्ताव गरिएको छ । ११ औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट उपमहासचिवमा भानुभक्त ढकाललाई अघि सारिएको छ । ढकाल यसअघि स्थायी कमिटी सदस्य थिए । सचिवमा खगराज अधिकारी, शेरधन राई, यामलाल कँडेल, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम अगाडि सारिएको छ । यसअघि ज्वालाकुमारी साहलाई सचिवको उम्मेदवार बनाउने तयारी भए पनि राजन भट्टराईको नाम थपिएको हो । अध्यक्ष ओलीको प्यानलबाट उपाध्यक्ष...