हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण शुरु गरेको छ । ‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण शुरु गरेको हो । न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई २ हजार ५ सय तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी ३ सय रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । ‘हाम्र...