पोखरेल समूहबाट गोकुल बास्कोटा र ठाकुर गैरेसहित सचिवका उम्मेदवारको टुंगो लाग्यो

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबाट सचिवका ८ उम्मेदवारको टुंगो लागेको छ । एक नेताले दिएको जानकारी अनुसार यो समूहबाट सचिवमा कर्ण थापा, ठाकुर गैह्रे, रचना खड्का, इन्द्रलाल सापकोटा, कृष्ण गोपाल श्रेष्ठ, गोकुल बास्कोटा, पुरुषोत्तम पौडेल र विनोद ढकाल उम्मेदवार हुनेछन् । यो समूहबाट उपाध्यक्षमा गोकर्ण विष्टलाई उठाइने भएको छ । पाँच उपाध्यक्षमध्ये बाँकी चार जनाका विषयमा छलफल चलिरहेको छ । यसैगरी, महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सार्ने सहमति भएको छ । उपमहासचिवमा योगेश भट्टराई...