नेकपा एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका सबै उम्मेदवारको टुंगो लागेको छ । पदाधिकारीमा ७ जना नयाँ अनुहारलाई समेट्दै उम्मेदवारको टुंगो लगाइएको हो । जसअनुसार अध्यक्षमा ओलीकै निरन्तरता हुनेछ । उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार हुनेछन् । महासचिवमा शंकर पोखरेल नै उम्मेदवार हुनेगरि सहमति जुटेको छ । संस्थापन समूहका एक नेताले दिएको जानकारी अन...