लेखराज भट्टद्वारा सचिवमा दोहोरिन अस्वीकार

नेकपा एमालेका सचिव लेखराज भट्टले पुन: सोही पदमा प्रतिस्पर्धा गर्न अस्वीकार गरेका छन् । ११ औं महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको प्यानल लिस्टमा भट्टको नाम सचिवमै राखिएको छ । त्यसप्रति असन्तुष्टि जनाउँदै भट्टले आफूले सचिव पदमा प्रतिस्पर्धा नगर्ने बताए । 'म सचिव पदमा लड्दिनँ, कसले नाम राख्यो थाहा छैन,' भट्टले भने, 'नेताहरूसँग कुरा गरिरहेको छु ।' सुदूरपश्चिमका भट्ट नेकपा एकताका क्रममा माओवादी धारबाट आएका नेता हुन् । माओवादी धारका नेतामध्ये सबैभन्दा अगाडि रामबहादुर थापा उपाध्यक्ष...