नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वका लागि महासचिवमा सुरेन्द्र पाण्डे र शंकर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षबाट पोखरेललाई महासचिवको उम्मेदवार बनाउने सहमति भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको तर्फबाट पाण्डे महासचिवमा उठ्ने पक्का भएको हो । पोखरेल पक्षले संस्थापन पक्षकै भोट समेत ल्याएर महासचिव जित्ने रणनीतिअनुसार प्रभावशाली उम्मेदवार अगाडि सारेको हो । १० औं महाधिवेशनबाट निर्वाचित कमिटीमा पाण्डे उपाध्यक्ष र पोखरेल महासचिव थिए । नयाँ नेतृत्व चयनका लागि आज (सोमब...