ओली प्यानलबाट अनुशासन आयोगमा काशीनाथ अधिकारी, लेखामा पुष्प कँडेल

नेकपा एमालेमा संस्थापन पक्षबाट अनुशासन आयोगको अध्यक्षमा काशीनाथ अधिकारी उम्मेदवार बन्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको प्यानल लिस्टमा सादगी नेता अधिकारीको नाम अनुशासन आयोगको अध्यक्षमा राखिएको छ । यस्तै, लेखा आयोगको अध्यक्षमा डा. पुष्प कँडेललाई अगाडि सारिएको छ । धादिङका कँडेल यसअघि पनि अनुशासन आयोगको अध्यक्ष रहेका थिए ।