नेकपा एमालेको ११ औं महाधिवेशनमा केपी शर्मा ओलीले बनाएको टीममा केही हेरफेर हुने भएको छ । लेखराज भट्टले सचिवमा बस्ने अस्वीकार गरेपछि उनलाई उपमहासचिवको उम्मेदवार बनाउने सहमति भएको हो । भट्टले आफू उपमहासचिवको उम्मेदवार बन्न लागेको लोकान्तरलाई जानकारी दिए । यससँगै, पहिले उपमहासचिवको उम्मेदवारमा राखिएका भानुभक्त ढकाललाई भने सचिवको उम्मेदवार बनाउने तय भएको छ ।