जेनजी आन्दोलनका शहीद परिवार भन्छन् : छोरासँगै सहारा खोसियो

'छोराले घर हिडेँ भनेर दिउँसो २ बजेतिर फोन गरेका थिए, निकै बेरसम्म नआएपछि मैले फोन गरेँ, फोन लागेन,' उनले सुस्तरी भने, 'छोरा घरमा नआएपछि होटलमा फोन गरेँ, होटलबाट सेफको सामान किन्न गएका छन्, चिन्ता गर्न पदैन भने, केही सन्तोष मिल्यो।'