काठमाण्डाै – एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो दाेस्राे खेलमा नेपाल बङ्गलादेशसँग १ सय ३० रनमा अलआउट भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा १ सय ३० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका अभिषेक तिवारीले सबैभन्दा धेरै ३० रन बनाए । यस्तै आशिष लुहारले २३, शाहिल पटेलले १८, निरकुमारले १४ रन बनाउँदा अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन जाेड्न सकेनन् । बङ्गलादेशका एमडी सबुजले ३ विकेट लिए । नेपाल पहिलाे खेलमा श्रीलङ्कासँग ८ विके...