नेकपा एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीको उम्मेदवारमा हेरफेर भएको छ । यसअघि उपमहासचिवका उम्मेदवारका रूपमा अगाडि सारिएका भानुभक्त ढकाललाई सचिवमा झारेर लेखराज भट्टलाई उपमहासचिवको उम्मेदवार बनाइएको हो । ओली समूहले पदाधिकारीमा ७ जना नयाँ अनुहारलाई समेटेको छ । जसअनुसार अध्यक्षमा ओलीकै निरन्तरता हुनेछ । उपाध्यक्षमा विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार हुनेछन् । म...