नेकपा एमालेको सचिवमा उठ्ने घोषणा गरेका लुम्बिनीका बैजनाथ चौधरी ईश्वर पोखरेल समूहबाट उपमहासचिवको उम्मेदवार बन्ने भएका छन् । पोखरेल समूहले उपमहासचिवमा उनको नाम समावेश गरेको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका चौधरी संविधानसभाका सदस्य हुन् । पोखरेल समूहले ३ मध्ये उपमहासचिवका २ उम्मेदवार टुंगो लगाएको छ । यो समूहबाट योगेश भट्टराई पनि उपमहासचिवको उम्मेदवार बन्दैछन् । उम्मेदवारी मनोनयनको समय दिउँसो साढे ३ बजेसम्म अर्को व्यक्तिको टुंगो लाग्ने सो समूहका एक नेताले बताए । प्यानल भन्दा पनि छुट्टाछ...