काठमाण्डाै – नेकपा एमालेकाे ११औं राष्ट्रिय महाधिवेशन अन्तर्गत अहिले उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने क्रम चलिरहेको छ । यसअघि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय रहेकोमा केन्द्रीय निर्वाचन आयोगले चुनाव कार्यक्रम संशोधन गर्दै उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरेको हो । संशाेधित कार्यक्रम अनुसार साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता हुनेछ । यस्तै ४ बजे प्रारम्भिक नामावली प्रकाशन, साढे ४ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, ५ बजेसम्म छानबिन गरी निर्णय, ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता र सा...