नेकपा एमाले प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । संस्थापन पक्षबाट पदाधिकारीको उम्मेदवारमा नअटेपछि उनले उपमहासचिवमा उम्मेदवारी दिने बताएका हुन् । सोमबार महाधिवेशनस्थलमा भएको मिडिया ब्रिफिङका क्रममा गौतमले आफू उपमहासचिवको उम्मेदवार बन्ने बताएका हुन् । ‘५० वर्षदेखि पार्टीमा सक्रिय छु । नेतृत्वसँग वृहत्तर छलफल भयो । चुनाव भयो भने म उपमहासचिवमा उठ्छु,’ गौतमले भने । उम्मेदवारी मनोनयनका लागि सोमबार दिउँसो साढे ३ बजेसम्मको समय तोकिएको छ ।