एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी, भोलि मतदान

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान अध्यक्ष ओलीले सोमबार दिउँसो अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । त्यसैगरी, यसअघि पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले सोमबार दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएका हुन् । ११ औ...