पूर्वमहान्यायाधिवक्ता र कानूनमन्त्री रहिसकेका अग्नि खरेलले एमाले सचिवमा उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिममा नपरेपछि उनले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । खरेलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् । ‘सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छु, टिममा नपरे पनि लड्छु,’ खरेलले भने । झापाका खरेल ओलीका विश्वास पात्र हुन् । ११ औं महाधिवेशनको नेतृत्व चयनका लागि मतदान भोलि हुँदैछ । त्यसअघि आज उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।