एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता

काठमाण्डाै – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाण्डाैको भृकुटीमण्डपमा बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवै जनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष ओलीले साढे ३ बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले ३ बजेतिर अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदव...