के मा उठ्ने अहिलेसम्म टुंगो लागेको छैन– प्रदीप ज्ञवाली

महासचिवको दाबी गर्दै उपाध्यक्षमा प्रतिस्पर्धा गर्न अस्वीकार गरेका एमाले नेता प्रदीप ज्ञवालीले आफू कुन पदमा उठ्ने भन्ने अझै टुंगो लागिनसकेको बताएका छन् । पदाधिकारीका अधिकांश आकांक्षीले उम्मेदवारी दर्ता गराइसके पनि ज्ञवालीले अझै टुंगो नलागेको बताएका हुन। ‘के मा उठ्ने अझै टुंगो लागेको छैन,’ ज्ञवालीले सोमबार अपरान्ह सवा ४ बजे लोकान्तरसँग कुरा गर्दै भने ।