गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लिएको छ। आयोगले प्रधानसेनापति सिग्देलसँग सोमबार दिउँसो बयान लिएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए । उनका अनुसार आयोगले सिग्देलसँग करिब एक घण्टा बयान लिएको हो । सिंहदरबार नजिकै सैनिक मुख्यालय र सिंहदरबार भित्रै सेनाको उपल्लो दर्जाको टुकडी रहँदा पनि सिंहदरबार जलेको बारे आयोगले प्रधानसेनापति सिग्देलसँग प्रश्न सोधेको थियो । जवाफमा प्रधा...