यस्तो छ एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी सूची

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन आयोगले सोमबार राति उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो। आयोगका अध्यक्ष डा. विजय सुब्बाद्वारा जारी सूचीअनुसार अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन्। महासचिव पदमा पनि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। विधान...