नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया चलिरहँदा पार्टीका दुई महत्त्वपूर्ण आयोगका अध्यक्ष निर्विरोध निर्वाचित भएका छन्। केन्द्रीय लेखा आयोग र केन्द्रीय अनुशासन आयोगका अध्यक्षमा एकल उम्मेदवारी परेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन्। सोमबार भएको मनोनयन दर्ताका क्रममा अध्यक्ष पदमा कँडेलको मात्र उम्मेदवारी परेको थियो। लेखा आयोगको अन्य पदाधिकारीतर्फ उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेलको पनि एकल उम्मेदवारी परेको छ।...