नेकपा एमालेको उपाध्यक्ष पदमा ११ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार विष्णु प्रसाद पौडेल, डा बिन्दा पाण्डे, रामबहादुर थापा, रघुजी पन्त, भीम प्रसाद आचार्य, पृथ्वीसुब्बा गुरुङ, परशुराम मेघी गुरुङ, टंक प्रसाद कार्की, गोकर्ण विष्ट, गुरु बराल र अरुण नेपालको उम्मेदवारी परेको हो । मंगलबार हुने निर्वाचनबाट यसमध्ये ५ जना निर्वाचित हुनेछन् ।